कमिरेचौर: दाङको बंगलाचुली गाउँपालिकामा नेकपा माओबादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर बढेको छ । देशमा राजनितिक माहोलमा उतार चढाव हुँदै गएपनि यहाँका जनताले माओबादी केन्द्रलाई नै विश्वास र भरोसा गर्दै पार्टी प्रवेश गरीरहेक छन् ।
गाउँपालिकामा स्थानिय सरकार र पार्टीले जनताकै पक्षामा काम गरेको भन्दै अन्य पार्टीमा आस्था राख्ने जनताहरु माओबादी केन्द्रमा प्रवेश गरेको यहाँका नेताहरुले बताएका छन् । यसैक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर तिन कब्जामा नेपाली काग्रेस परित्याग गरी २५ जना माओबादी केन्द्रमा प्रवेस गरेका छन् ।
कब्जा निवासी भिम बहादुर वलीको नेतृत्वमा २५ जना माओबादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टि प्रवेश गर्नेहरुमा तिलक रावत , वसंन्त वली (ठुलो), वसंन्त वली (सानो),शोभाराज वली ,पूर्ण बहादुर खत्री , गोपीराम खत्री , ओवीराम वली रहनु भएको छ । त्यसैगरी निम बहादुर वली ,लिलाधर वली , मिन बहादुर डाँगी ,मिन राख खत्री, धन बहादुर खत्री लगाएतका २५ जना रहनु भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नं.-३ अध्यक्ष शोभाराज विश्वकर्माको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई पार्टी प्रवेश गराईएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले अविर लगाएर नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
शो अवसरमा बोल्दै नवप्रवेशीहरुले देशको परिवर्तन र जनताको पार्टी नै नेकपा माओवादी केन्द्र भएको हुँदा आफुहरुले जनताको पार्टीलाई रोजेको बताएका छन् । उनिहरुले अन्य पार्टिहरु व्यक्तिगद स्वार्थ र जनताको अभिमतलाई धोका दिने गरेको भन्दै उनिहरुको पछिलागेर आफुहरुको जिवन वर्वाद नगर्ने बताएका छन् । कार्यक्रमको सहजिकरण वडा नम्वर ६ का पार्टि अध्यक्ष गोपीराम थापाले गर्नु भएको थियो ।