दाङ : उमेरले करिब ६ दशक लामो समय नाघिसकेका दाङ क्षेत्र नम्बर २(ख) का लुम्बिनी प्रदेश सभा सदस्य अमर डाँगीले बुधबार आफ्नोे पदबाट राजिनामा दिए । करिब ४ दशक लामो राजनैतिक जीवन बिताएका माननीयले लिएको यो कदम कतिपयका लागि अप्रत्याशित थियो ।
उनको यो कदमसंगै डाँगीले आफ्नो लामो राजनैतिक जीवन व्यतित गरेको पार्टी नेकपा एमाले पनि त्याग गर्ने स्पष्ट संकेत देखापरिसकेको छ । नेता डाँगीको यो कदमसंगै केन्द्रमा केपी ओली र लुम्बिनी प्रदेशमा प्रतिगमनको नेतृत्व गर्दै आएका अल्पमतका कथित मुख्यमन्त्री शंकर पोख्रेलेको प्रतिगामी एमाले कित्तामा भुकम्प गएजस्तै भएको छ । प्रतिगमनका मतियारहरुको घरदैलोमा भुकप्मले जग हल्लाएको यो पहिलोपटक भने हैन ।
लुम्बिनी प्रदेशमा विश्वासको मत लिनबाट भागेर चोरबाटो बाट स्वघोषित मुख्यमन्त्री बन्न खोजेका पोख्रेललाई सोही दिन अर्थात बैशाख १९ गते नै दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेकपाकी लुम्बिनी प्रदेश सभा सदस्य विमला केसीले तिमी अवैधानिक हौ भनेर सोही दिन औला ठडयाइसकेकी थिइन ।
निरन्तरतामा क्रमभङता माक्सवादी लय
गम्भिर राजैनितक मोडमा आइपुगेको बेला कर्णाली प्रदेशबाट नेकपा एमाले माधव नेपाल समर्थक प्रदेशसभा सदस्यले गरेको फ्लोर क्रसको क्रमभङता हाल लुम्बिनी प्रदेशसम्म आइपुगेको छ । बैशाख २७ गते केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेकोले यो कदमले केन्द्रमा कस्तो दृश्य देखाउने हो त्यो त हेर्न बाँकी नै छ ।
तर प्रदेशमा देखिएको राजनैतिक क्रमभङतालाई एक खालका एमाले कित्ताका सरकारी माक्र्सवादीहरुले वैचारिक आदर्शमा आएका स्खलनका रुपमा चित्रित गर्न खोजिरहेका छन् । तर समाजविकासको चरणहरुलाई माक्र्सवादी चस्मा लगाएर हेर्दा निरन्तरतामा क्रमभङता माक्र्सवादको एक अपरिहार्य नियम हो ।
माक्र्सले प्रतिपादन गर्नुभएको आदिम साम्यवाद देखी पुजीवाट हुँदै पुनः साम्यवादसम्मको सामाजिक व्यवस्थाको नियम निरन्तरतामा क्रमभङताकै नियमअनुसार निर्देशित छ । माक्र्सले समाज विकासका लागि वर्गसंघर्ष अनिर्वाय भएको र निश्चित समय आएपछि सामाजिक व्यवस्था र व्यक्तिगत मनोविज्ञानमा पनि परिवर्तन आउनुपर्ने बताएका थिए । माक्र्सले यसमा थप भनेका थिए “ आफ्नो जिन्दगीको मालिक आफै हुनुपर्छ । एउटा यस्तो जीवन जस्को मालिक हामी आफैं होऊँ, जहाँ हामी आफैले यो कुराको निर्धारण गर्न सकौं की हामी कसरी जिउन चाहन्छौं र के कुरा रोज्न चाहन्छौं । ’’ तर हालका सरकारी माक्र्सवादीहरु माक्र्सले प्रतिपादन गरेका दर्शनलाई आत्मसात गर्न आवश्यक ठान्दैनन् । विचारधारा र पार्टीले व्यक्ति निर्धारण गर्ने नभई व्यक्तिले विचारधारा आत्मसात गर्दै पार्टीको निर्माण गर्ने कुरालाई उनीहरु बुझदैनन् । जडता माक्र्सवादको सबैभन्दा ठुलो शत्रु भएको कुरालाई उनीहरु नकार्न चाहिरहेका छन् । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भए यता कैयन फुटका श्रंखलाहरु भएका छन् । समाजविकाससँगै अग्रगमनको पक्षमा उभिन नसकेका पार्टी र नेताहरु समयसंगै इतिहासको कालकोठरीमा बिलाएका छन् ।
सामाजिक वा व्यक्तिगत परिवर्तनलाई स्विकार्न नसक्ने र जडतामा उभिन खोज्ने माक्र्सले प्रतिपादन गरेको माक्र्सवादी दर्शन नभई केपी ओलीले आत्मसात गरेको बयलगाडे दर्शन हो । जसले हिजोको दिनमा गणतन्त्रलाई बयलगाडामा चढेर अमेरिका पुगिने व्यवस्था भनी गिज्याँउथ्यो । त्यही तप्का आज अग्रगमनका पक्षमा उभिएका र त्याग गरिरहेका मानिसहरुलाई नानाथरी आरोप लगाइरहेको छ । तर इतिहास साक्षि छ , माक्र्सवादले २०० वर्ष यता जित्दै आएको छ भने बयलगाडे दर्शन हिजो अस्ति मात्र प्रतिपादित भएर पराजित भएको हो ।
व्यक्तिगत लाभ वा हानी ?
मुलुक भित्रको लडाइ अग्रगमन र पश्चगमन पक्ष बिच चलिरहेको छ । राज्यसंयन्त्र सम्पूर्ण रुपमा पश्चगामीहरुको मातहतमा छ भने अग्रगामीहरुले जनता र विचार मार्फत नै त्यसको प्रतिवाद गर्नुपरेको छ । यस बिचमा त्याग गरिरहेका, पश्चगमनको विरmद्धमा उभिएका नेता तथा कार्यकर्तामा माथि बयलगाडे व्यवस्थाका पक्षधरहरुले व्यक्तिगत लाभ वा हानी सँग जोडेर विभिन्न आरोपहरु लगाइरहेका छन् ।
विमला केसीले प्रतिगामीहरुको कित्ता त्याग गरेपछि आफुलाई कथित माक्र्सवादी भन्नेहरु ओलीका दिवंगत श्रीमान उत्तर ओलीको मृत आत्मा समेत पुकार्न पुग्यो । विमलाको कदमले दिवंगत ओलीको आत्मा नै दुःखी भएको दिव्यज्ञान प्राप्त गरेको यो तप्काले दिउँसै रात पार्ने गरी माक्र्सवादका हुर्मत लिने प्रयास गरिरहेको छ ।
गृिहणी जीवनबाट उठेर निर्वाचित साँसद भएकी विमलालाई पुनः यो तप्का तिम्रो हैसियत गृहिणी भन्दा माथिको हैन भनिरहेको छ । अझ क्षमतावान भविष्यदृष्टा र ज्योतिषहरुको कमि नभएको यो तप्का भोलिका दिनमा विमलाले पुनः राजनीतिबाट हटेर गृहिणी जीवन नै व्यतित गर्न आउनुपर्ने भविष्यवाणी गरिरहेको छ । तर यो तप्काले बुझन पर्ने हो — ‘‘गृहिणी हुनु कुनै अपराध हैन । आज अरुको भविष्यवाणी गरिरहेकाहरुले बुझन पर्ने कुरा के हो भने उनीहरुको यति जिब्रो चल्न सकेको पनि उनीहरुको आमा वा श्रीमती गृहिणी भएर पकाएको खाना खाएर नै चल्न पाएको हो । विमला केसी आज अग्रगमन पक्षमा उभिदा भोलिका दिनमा गृहिणी नै हुनुपरेछ भने पनि त्यो उनले सहर्ष स्विकार्ने छिन । किनकी उनको छोटो सक्रिय राजनैतिक जीवनले नै प्राप्ती र त्यागलाई सहर्ष स्विकार गरिसकेको छ ।’’ यद्यपी राजनीति गरेकाहरुले बुझने कुरा नेताको निर्माण संकटले निर्धारण गर्ने हो । सामाजिक व्यवस्था माथि संकट आइपर्दा कुन व्यक्ति कुन कितामा उभियो भन्ने कुराले नै उस्को नेतृत्व क्षमता र भविष्यको निर्धारण गर्दछ । विमलाको भविष्य आज उनले सचेततापूवर्क चालेको अग्रगामी कदमले निर्मारण गर्नेछ ।
छटपटाहटबाट निस्किएको आरोपको श्रंखला
प्रदेशमा प्रदेशसभा सदस्य अमर डाँगीको राजिनामा सम्म आइपुग्दा प्रतिगामी कित्ताको छटपटाहटले सीमा नाघिसकेको छ । तथ्य, विचार र व्यवहारको अभाव भएपछि मान्छे व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिन्छ । जिन्दगीका ४ दशक लामो समय राजनीतिमा बिताएका व्यक्तिले हाल आएर यस्तो निर्णय लिन बाध्य हुनुपर्यो भन्ने प्रश्नको जवाफ खोज्ने पक्षमा यो तप्का छैन।
आफुसँग बहुमत भएको दाबी गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेल आफ्नो पदबाट राजिनामा दिएर पुनः त्यही पदका लागि एक घण्टा पछि प्रदेश प्रमुख संग किन बिन्ती चढाउँछन भन्ने कुराको जवाफ यो तप्का खोज्दैन । आफु अल्पमतमा परिसकेको स्पष्ट थाहा हुँदाहुँदै पनि स्वघोषित मुख्यमन्त्री भइरहेका पोख्रेललाई यो तप्का पदलोलुप देख्दैन । तर छँदाखाँदाको साँसद पद त्याग गर्नेलाई बिकेको भनि आरोप लगाउँछ ।
आफु टिक्नका लागि कसैलाई मन्त्री त कसैलाई प्रदेश प्रमुख बाँडेर नाँगो नाच देखाएका केपी ओली र शंकर पोख्रेल हाल सहजै अरुलाई बिक्यो भनेर आफ्नो लाज ढाक्ने प्रयास गरिरहेका छन । माक्र्सवादले आलोचनात्मक चेतलाई अपरिहार्य मानेको छ । आलोचनात्मक चेत नभएका कार्यकर्ताले नेता सँगै पार्टीलाई पनि सिद्धयाउने कुरा माक्र्स भन्नुहुन्थयो ।
केपी ओलीको पक्षमा उभिएको कित्ता निदाएको पनि हैन, यो बिउझिन नमानेको हो । र यो कित्तामा सत्ताको उन्माद छ । र त्यो उन्मादले ढिलो चाँडो बर्खामासमा आँखा फुटेको गोरुले संधै हरियो देखे झै आफुलाई सुरक्षित देखिरहेको छ । तर इतिहासले आँखा नदेख्ने गोरुहरुले डोर्याएको हैन ।
बयलगाडा चढेर यहाँसम्म आइपुगेको पनि हैन । इतिहासले अग्रगामी चिन्तन सहितको भविष्यको माग गर्दछ । र त्यो भविष्यको निर्माण यस्तै विमला र अमरहरुको त्याग, बलिदान, र क्रान्तिकारी धुव्रिकरणबाट मात्र सम्भव हुन्छ ।